SONAM WEAR SONAM WEAR

केपी ओली कपको खेल तालिका सार्वजनिक

मंगलबार, फागुन ६, २०८१

काठमाडौँ :केपी ओली कप च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

फागुन ११ गतेदेखि हुने च्याम्पियनसिप फुटबलमा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाउने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड विदेशी टोलीको रूपमा केपी ओली कप खेल्नेछन् ।

प्रतियोगितामा बिभागिय टोलहिरु एपीएफ, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, संकटा क्लब आयोजक केपी ओली एफसील् प्रतिस्पर्धा गर्नेछन् । यस्तै न्यूरोड टिम एनआरटी  र मच्छिन्द्र एफसीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा फागुन ११ गते दिउँसो ३ बजेबाट सुरु हुनेछ । फाइनल खेल फागुन १९ गते खेलाईनेछ । सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । 
 

kp-oli-1-1739866977.jpg


kp-oli-2-1739866996.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्