ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पारा तेक्वान्दो च्याम्पियनसीपमा भाग लिने नेपाली टोलीको बिदाई

बिहीबार, जेठ ३, २०८१

काठमाडौँ : नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसीप जी – ४ मा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ । 
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगितामा सहभागीहुने ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीवार एक कार्यक्रमकाबीच बिदाई गरेका हुन् । 


भियतनामको दनाङमा यही जेठ ६ गते नवौं एसियाली पारा तेक्वान्दो च्याम्पीयनसीप हुँदैछ । 

३१ राष्ट्रका खेलाडी सहभागी हुने प्रतियोगितामा नेपालको तर्फबाट पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । टोली शुक्रवार भियतनाम जाने तालिका रहेको छ ।


 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्