सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल क्रिकेटसंघ क्यानले युगान्डामा हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक महिला टोलीको घोषण गरेको छ ।
क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि इन्दु बर्माको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । युगान्डा क्रिकेट संघको आयोजनामा यहि फागुन २२ गतेदेखि चैत ४ गतेसम्म मैत्रीपूर्ण खेल हुन लागेको हो ।
क्यानले घोषणा गरेको नेपालको प्रारम्भिक टोलीः इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री बेल्वासे, सम्झना कुमारी खड्का, रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, विन्दु रावल, अलिसा कुमारी यादव, रोमा थापा, मनीषा कुमारी उपाध्याय, सवनम राई, ईश्वरी विष्ट, शोभा रोकाय, साना प्रविन, रिया शर्मा र सीमाना केसी ।