सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी विश्वकप लिग टु अन्तर्गतको खेलमा अमेरिकाले ओमानलाई हराएको छ ।
मङ्गलबार भएको खेलमा अमेरिकाले ओमान विरुद्ध ५७ रनको जित निकालेको हो । जितका लागि अमेरिकाले दिएको १२३ रनको लक्ष्य पछ्याएको ओमान २५.३ ओभरमा ६५ रनमा अल आउट हुन पुग्यो । उसका लागि हमाद मिर्जाले २९ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् । ओमानलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नोस्थुश केन्जिगेले सर्वाधिक ५ विकेट लिए ।
त्यसअघि ओमानको अलअमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको अमेरिकाले ३५.३ ओभरमा सवै विकेट गुमाउँदै १२२ रन बनाएको थियो । उसकालागि मिलन्द कुमारले सर्वाधिक ४७ रन बनाए ।