सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : च्याम्पियन्स ट्रफी २०२५ आजबाट सुरु हुदैँछ ।
पाकिस्तानमाको आयोजनमा हुन लागेको प्रतियोगिता पाकिस्तान र युएइमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक पाकिस्तान र न्यूजल्याण्डबीच प्रतिस्पर्धा हुदैँछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे कराँचीमा सुरु हुनेछ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ ।
समुह ’ए’ मा आयोजक पाकस्तानसंगै बंगलादेश,भारत र न्यूजल्याण्ड छन् । समूह ’बी’ मा अफगानिस्तान,अष्ट्रेलिया,इङग्ल्याण्ड र दक्षिण अफ्रिका छन् ।
च्याम्पियन्स ट्रफीको विजेताले १९ करोड ४६ लाख रुपैयाँ पुरस्कार पाउने अन्तरासष्ट्रय क्रिकेट परिषद् आइसीसीले जनाएको छ । उपविजेताले ९ करोड ७२ लाख रुपैया पाउनेछ ।
प्रतियोगिता मार्च ९ सम्म चल्नेछ । १९ दिनमा कूल १५ खेल खेलाइने आइसीसीले जनाएको छ ।
भारत र पाकिस्तान बीचको समूह चरणको खेल फेब्रुअरी २३ मा दुबईमा हुनेछ ।