सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : महिला प्रिमियर लिग क्रिकेटमा मुम्वइ इण्डियन्सले पहिलो जित निकालेको छ ।
गएराती भएको खेलमा गुजरात जायन्टसलाई हराउँदै मुम्वईले पहिलो जित निकालेको हो । जितकालागि गुजरातले दिएको १२१ रनको लक्ष्य मुम्वइले १६.१ ओभरमा ५ विकेटको क्षतिमा भेटायो । मुम्वइको जितमा नट स्किवर ब्रन्टले सर्वाधिक ५७ रन जोडिन् । अमेलिया केरले १९ तथा हेली म्याथुजले १७ रन बनाइन् ।
त्यसअघि बडोरामा टस हारेर पहिले ब्याटिङमा तानिएको गुजरातले निर्धारित ओभरमा सवै विकेट गुमाउँदै १२० रन बनाएको थियो । उसकालागि हरलीन देओलले ३२ रन बनाइन् । काशवी गौतमले २० रन जोडिन् ।
जितसंगै मुम्वइले २ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।