सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : भारतमा फुटबल खेलअघि आतिशबाजी गर्नेक्रममा आगलागी हुँदा ३० जना घाइते भएका छन् ।
केरलाको मलप्पुरम जिल्लामा फुटबल प्रतियोगिताको फाइनल खेलको क्रममा मंगलवार राती ठूलो दुर्घटना भएको हो । खेल अघि आयोजकहरूले विशाल आतिशबाजी प्रदर्शनको आयोजना गरेका थिए । त्यस क्रममा पटाकाहरू नियन्त्रण बाहिर गए र रंगशालामा बसिरहेका दर्शकहरूमाझ पड्कन थाले ।
मैदानमा आगो फैलिएपछि आगलागी हुँदा ३० भन्दा बढी दर्शक जलेर घाइते भएका छन् । यो घटना खेल सुरु हुनुभन्दा ठीक अगाडि भएको थियो।“
केरलाको मल्लपुरम जिल्लाको एरिकोड नजिकै फुटबल खेलको क्रममा दुर्घटना भएको थियो,“ एरिकोड प्रहरीलाइ उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घाइते सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।