सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :श्रीलंकाका महेश तीक्षना एक दिवशीय वलिङ वरियताको शिर्ष स्थानमा पुगेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले आज सार्वजनिक गरेको बलि वरियतामा उनले ६८० रेटिङ पाउँदै शिर्ष स्थान कब्जा गरेका हुन् । उनले अफगानिस्तानका राशिद खानलाई पछि पार्दै शिर्ष स्थानमा पुगेका हुन् । खान दोस्रो स्थानमा झरेका छन् । भारतका कुलदिप यादव एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन् ।
न्यूजल्याण्डका मिचेल सान्टार पाँच स्थान सुधार गर्दै साँतौ स्थानमा आईपुगेका छन् । नेपालका सन्दिप लामिछानेको वरियता ३ स्थान खस्किँदै ४६ औँ स्थानमा रहँदा अर्का वलर ललित नारायण राजवंशकिो वरियतापनि ३ स्थान खस्किदैँ ५० औँ स्थानमा झरेका छन् ।
दिपेन्द्र सिं ऐरीको वरियता पनि ५ स्थान खस्किएर ६५ औँ स्थानमा झरेका छन् । सोमपाल कामीको वरियता एक स्थान तल झर्दै ७५ औँ स्थानमा आइपुगेका छन् । करण केसीको पनि वरियता खस्किएर ७९ औँ स्थानमा आइपुगेका छन् ।