सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नवलपुर : सुनकोशी गाउँपालिकाद्वारा आयोजित प्रथम अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले हात पारेको छ ।
आज भएको फाइनल खेलमा हेलम्बु गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै मेलम्चीले उपाधी उचालेको हो । उपाधिसँगै मेलम्ची नगरपालिकाले १ लाख रुपैयाँ नगद समेत प्राप्त गरेको छ । द्वितीय स्थान हासिल गरेको हेलम्बुले ७५ हजार र तेस्रो भएको सुनकोशी गाउँपालिकाले २५ तथा चौथो स्थान हासिल गरेको सृजनशील युवा क्लब मेलम्ची -७ ले २० हजार रुपैयाँ नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
जिल्ला भित्रका विभिन्न स्थानीय तहका ९ टिम सहभागी प्रतियोगितामा मेलम्चीका टिम क्याप्टेन रोशन तामाङ बेस्ट प्लेयर, मेलम्चीकै कृष्ण तामाङ वेस्ट लिफ्टर र मेलम्चीकै रामचन्द्र सापकोटा वेस्ट कोच घोषित भए ।
उहाँहरुलाई नगद पुरस्कारसहित कप र मेडल प्रदान गरिएको गाउँपालिकाका प्रेस संयोजक दिनेश थापाले जानकारी दिए । फागुन ५ गते देखि सुरु भएको प्रतियोगिताको समापन आज गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अध्यक्ष तिमल्सिनाले प्रतियोगिताको समापन सँगै खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।