SONAM WEAR SONAM WEAR

न्युजिल्याण्डले दियो पाकिस्तानसामु ३२१ रनको लक्ष्य 

बुधबार, फागुन ७, २०८१

काठमाडौँ :च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्याण्डले पाकिस्तानविरुद्ध ३२१ रनको बलियो लक्ष्य प्रस्तु गरेको छ ।

कराँचीमा टस हारेर पहिले ब्याटिङमा तानिएको न्यूजल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३२० रन बनाएको थियो । उसकालागि दुई खेलाडी शतक प्रहार गरे । टम लाथमले सर्वापधक ११८ रन बनाउँदा अर्का ओपनर विल योङले ११७ रनको शतकिय पारी खेले । ग्लेन फिलिपले ६१ रन बनाए ।

बलिङतर्फ नशिम शाह र हरिष रौफले समान २–२ विकेट हात पारे । ३२१ रनको लक्ष्प पछ्याएको पाकस्तिानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

दुवै टोली आज जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने योजनामा छ । प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका छन् । समुह ’ए’ मा आयोजक पाकस्तानसंगै बंगलादेश,भारत र न्यूजल्याण्ड छन् ।

समूह ’बी’ मा अफगानिस्तान,अष्ट्रेलिया,इङग्ल्याण्ड र दक्षिण अफ्रिका छन् । च्याम्पियन्स ट्रफीको विजेताले १९ करोड ४६ लाख रुपैयाँ पुरस्कार पाउने अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले जनाएको छ ।

भारत र पाकिस्तानको तनाबका कारण भारतले प्रतियोगिताका सवै खेलहरु युएईमा खेल्ने छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्