ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सेपाक ताक्रो विश्वकपमा नेपालले प्रतिष्पर्धा गर्ने

बिहीबार, जेठ ३, २०८१


काठमाडौँ : मलेसियाको क्वालालम्पुरमा आयोजना हुने सेपाक ताक्रो विश्वकपमा नेपालले पनि प्रतिष्पर्धा गर्ने भएको छ ।


विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाक ताक्रो टोलीलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिदाई गरेका छन् ।
नेपाली टोलीमा कप्तान रोशन तामाङ, दीपेशजंग थापा, अनिल जर्घामगर, उमेशबहादुर महतो, विजय महतो र पदमबहादुर थाडामगर छन् ।

टोलीको प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ र अन्तर्राष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के रहेका छन् । 
२१ राष्ट्रको सहभागिता रहने विश्वकपमा नेपाल डिभिजन ‘एक’ मा छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्