SONAM WEAR SONAM WEAR

च्याम्पियन्स ट्रफी : न्यूजल्याण्डसंग हार्‍यो पाकिस्तान

बुधबार, फागुन ७, २०८१

काठमाडौँ : च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा पाकिस्तान पराजित भएको छ ।

कराँचीमा बुधवार राती भएको न्यूजल्याण्डसंगको खेलमा पाकिस्तान ६० रनले पराजित भएको हो । जितकालागि न्यूजल्याण्डले दिएको  ३२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २६० रनमा अलआउट भयो । पाकिस्तानकालागि खुसदिल शाहले सर्वाधिक ६९ रनको योगदान गरे । बाबार आजमले ६४ तथा सलमान आघाले ४२ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको न्यूजल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३२० रन बनाएको थियो । उसकालागि दुई खेलाडी शतक प्रहार गरे ।

टम लाथमले सर्वापधक ११८ रन बनाउँदा अर्का ओपनर विल योङले ११७ रनको शतकिय पारी खेले । ग्लेन फिलिपले ६१ रन बनाए । बलिङतर्फ नशिम शाह र हरिष रौफले समान २–२ विकेट हात पारे । जितसंगै न्यूजल्याण्ड समुह 'ए' को शिर्ष स्थानमा उक्लिएको छ ।

समुह ’ए’ मा आयोजक पाकस्तानसंगै बंगलादेश,भारत र न्यूजल्याण्ड छन् ।समूह ’बी’ मा अफगानिस्तान,अष्ट्रेलिया,इङग्ल्याण्ड र दक्षिण अफ्रिका छन् ।

च्याम्पियन्स ट्रफीको विजेताले १९ करोड ४६ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २२:४५
प्रतिक्रिया दिनुहोस्