SONAM WEAR SONAM WEAR
फोर नेशन्स कप

नेपालले आज लेबनानसंग खेल्दै

बिहीबार, फागुन ८, २०८१

काठमाडौँ : फोर नेशन्स कप अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले लेबनानसंग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा साँझ ६ बजे हुने खेलमा घरेलु टोली नेपाल दोस्रो जित निकाल्दै एक खेल अगावै फाइनलमा पुग्न चहान्छ । पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई हराएको थियो । नेपालले किर्गिस्तान विरुद्ध दर्जनौ अबसर पाएपनि फिनिसिङमा चुकेको थियो । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले लेबनानविरूद्ध फरक रणनीतिका साथ मैदान उत्रने बताएका छन् ।

कीर्गिस्तानको खेलाडीसँग ठोक्किएर निधारमा चोट लागेकी डिफेण्डर निशा थोकरले अबको खेल गुमाउने सम्भाना छ । उनी हाल रेस्टमा छिन् । नेपाल र लेबनानबीच एक पटक मात्र भेट भएको छ । साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा लेबनानलाई २–१  गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

आज दिउँसो २ बजे हुने पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्