सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : महिला प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा युपी वारियर्सविरुद्ध ७ विकेटको जित निकाल्दै दिल्लीले दोस्रो जित निकालेको हो । जितकालागि युपी वारियर्सले दिएको १६७ रनको लक्ष्य पछाएको दिल्लीले १९.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
दिल्लीको जितमा मेग ल्यानिङले सर्वाधिक ६९ रनको योगदान गरिन् । अन्नाबेल सदरल्याण्डले नटआउट ४१ तथा मारिजान क्यापले २९ रन बनाउँदा शफाली वर्माले २६ रन बनाइन् ।
त्यसअघि बडोरामा टस हारेर पहिले ब्याटिमा तानिएको यूपीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । उसकालागि किरण नवगिरेले अर्धशतकी पारी खेल्दै ५१ रन बनाईन् । श्वेता सेहरावतले ३७ तथा चिनेल हेनरीले ३३ रन बनाइन् । जितसंगै दिल्लीले ३ खेलबाट दुईमा जित निकाल्दै ४ अंकसहित दोस्रो स्थानका उक्लिएको छ ।