सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :फोर नेशन्स कप अन्तरराष्ट्रिय महिला फुटबलमा म्यानमारले लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा आज भएको खेलमा किर्गिस्तान विरुद्ध ५–० गोलले हराउँदै म्यानमारले लगातार दोस्रो जित निकालेको हो ।म्यानमारको जितमा युन वादी र न्हेहितले समान दुई दुई गोल गरिन् । शानदार लिनले एक गोल गरिन् ।
जितसंगै म्यानमारले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । साँझ हुने खेलमा नेपालले लेबनानलाई हराए म्यानमार र नेपाल एक खेल अगावै फाइनलमा पुग्ने छन् । पहिलो खेलमा म्यानमारले लेवनानलाई हराएको थियो ।