सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : घरेलुटोली नेपाल फोर नेशन्स कप अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा बिहिवार साँझ भएको खेलमा लेबनानलाई १–० गोलले हराउँदै नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारी साम्बाले गोल गरिन् । नेपालको जितसंगै म्यानमार पनि फाइनलमा पुगेको छ । यसअघि बिहिवारनै भएको खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले हराएको थियो ।
म्यानमारको जितमा युन वादी र न्हेहितले समान दुई दुई गोल गरिन् । शानदार लिनले एक गोल गरिन् । नेपालले आगामी आइतवार म्यानमारसंग प्रतिस्पर्धा गर्नेछ । सोही दिन हुने पहिलो खेलमा लेवनान र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।