SONAM WEAR SONAM WEAR

च्याम्पियन्स ट्रफीमा भारतले बंगलादेशलाई हरायाे

शुक्रबार, फागुन ९, २०८१

काठमाडौं : च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ ।

बिहीबार भएको खेलमा बंगलादेशलाई  ६ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।
जितकालागि बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

भारतका लागि शुभमन गिलले अविजित रहदैँ शतकिय पारी खेले । उनले  नटआउठ १०१ रन बनाउदाँ  केएल राहुल र कप्तान रोहित शर्माले समान ४१-४१ रन जाेडे ।विराट काेहलीले २२ रन बनाए ।

त्यसअघि दुवाई अन्तरास्ट्रिय क्रिकेट मैदानमा  टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा अलआउट हुँदै २२८ रन बनाएको थियो ।

उसकालागी  तोहिद रिदोएले शतक बनाउँदा जाकेर अलीले ६८ रनकाे अर्धशतिय पारी खेले ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्