सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानसामु जितकालागि ३१६ रनको लक्ष्य दिएको छ ।
पाकस्तिानको कराँचीमा टस जितेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३१५ रन बनायो । उसकालागि रायन रिस्केलटनले शतकिय पारी खेल्दै सर्वाधिक १०३ रनको योगदान गरे ।
कप्तान टेम्बा बाभुमाले ५८ तथा एडेन माक्र्रम र रस्सी भ्यान डेर डुसेनले समान ५२–५२ रन बनाए । बलिङतर्फ मोहम्मद नावीले दुई विकेट लिए ।
समुह ‘बी’ अन्तगतको पहिलो खेलमा आज दुवै टोली जित निकाल्दै बिजयी सुरुवात गर्न चाहान्छ । समुह ‘ए’ अन्तर्गतका खेलमा भारत र न्यूजल्याण्डले विजयी सुरुवात गरिसकेका छन् । च्याम्पियन्स ट्रफिमा आयोजक पाकस्तानसंगै बंगलादेश,भारत र न्यूजल्याण्ड छन् ।
यस्तै समूह ’बी’ मा अफगानिस्तान,अष्ट्रेलिया,इङग्ल्याण्ड र दक्षिण अफ्रिका सहति आठ टोलीले सहभागिता जनाएका छन् ।
च्याम्पियन्स ट्रफीको विजेताले १९ करोड ४६ लाख रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेताले ९ करोड ७२ लाख रुपैया पाउनेछ ।