SONAM WEAR SONAM WEAR

विकेश कुथु सहित चार खेलाडीले एनएसएल गुमाउन सक्ने 

शनिबार, फागुन १०, २०८१

काठमाडौँ : नेपाली फुटबलका चर्चित खेलाडीहरु नेपाल सुपर लिग (एनएसएल) को मिनी अक्सनमा अनसोल्ड भएका छन् ।

क्याटेगोरी 'ए'मा रहेका गोलकिपर विकेश कुथु सहित नवयुग श्रेष्ठ,भरत खवास र विशाल सुनार अनसोल्ड भएका छन् । यससंगै उनीहरु चारै जनाले एनएसएलको आगामी संस्करण गुमाउने भएका छन् । दिप कार्की मिनी अक्सनको पहिलो भरणमा अनसोल्ड भएका थिए । तर उनी विश लिस्टमार्फत बुटवल एफसीमा पुगेका हुन् ।

अक्सनमा ८ जना खेलाडीहरु सबै भन्दा महंगोमा बिक्रि भएका छन् । जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ , दिनेश हेन्जन, पासाङ लामा, मणि कुमार लामा,आशिष गुरुङ, अभिषेक लिम्बु र सन्तोष खत्री सबैभन्दा महँगो रुकम ४ लाखमा सोल्ड भएका हुन् । दिनेश र जिलेस्पीजंगलाई काठमाण्डौँले भित्र्याएको हो ।

एनएसएलको तस्रो संस्करण  आगामी चैत १६ गते देखि सुरु हुँदैछ । प्रतियोगितामा ७ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्