SONAM WEAR SONAM WEAR

डकेटको बिस्फोटक ब्याटिङमा अष्ट्रेलियासामु ३५२ रनको लक्ष्य

शनिबार, फागुन १०, २०८१

काठमाडौँ : च्याम्यिन्स ट्रफि क्रिकेटमा इङ्ग्ल्याण्डले अष्ट्रेलियासामु जितकालागि ३५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पाकिस्तानको लाहोरमा टस हारेको पहिले ब्याटिङमा तानिएको इङग्ल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५१ रन बनायो । उसकालागि बेन डकेटले बिस्फोटक ब्याटिङ गर्दै  शतकिय पारी खेले । १४३ बलको सामना गरेका उनले १७ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक १६५ रनको योगदान गरे ।

जो रुटले ६८ रन बनाउँदा कप्तान जोश बटलर २३ रनमा समेटिए । जोफ्री आर्चरले नटआउट २१ रन बनाउँदा जेमी स्मिथले १५ तथा पिल साल्टले १० रन  जोडे । समुह 'बी' अन्तर्गतको खेलमा यी दुबै टोली पहिलो पटक प्रतिस्पर्धा गरिरहेका हुन् ।

दुबै टोली आज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्न चाहान्छ । समुह 'बी'अन्तर्गतको पहिलो खेलमा अफगानिस्तानलाई १०७ रनले हराउँदै दक्षिण अफ्रीकाले विजयी सुरुवात गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्