ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सुदुरपश्चिम महिला क्रिकेटको फाईनलमा

शुक्रबार, जेठ ४, २०८१

काठमाण्डौँ :सुदुरपश्चि प्रदेश ललितपुर मेयर्स कप टी–२० महिला क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा बागमती प्रदेशलाई १०९ रनले हराउँदै सुदुरपश्चिमले उपाधीका लागि एपिएफसंग भेट पक्का गरेको हो ।

जितका लागि सुदुरपश्चिमले दिएको १५८ रनको लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा अलआउट हुन पुग्यो । बागमतीका कृष्मा गुरुङले १६ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन छुन सकेनन ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ थालेको सुदुरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाउँदा १५७ रन बाएको थियो । उसका लागि सम्झना खड्काले अविजित रहँदै सर्बाधिक ७४ रन जोडिन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्