SONAM WEAR SONAM WEAR

महिला फुटबलमा आज नेपालले म्यानमारसंग खेल्दै

आइतबार, फागुन ११, २०८१

काठमाडौँ : फोर नेशन्स कप अन्तरराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ ।

खेलसाँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली एक खेल अगावै फाइनलमा पुगिसकेका छन् । आजको खेल फाइनल नभएपनि फाइनल भिडन्त जस्तै हुने अपेक्षा गरिएको छ । नेपालले कीर्गिस्तान र लेबनानलाई समान एक÷एक गोलले हराउँदै उपाधि नजिक पुगेको हो भने म्यानमारले कीर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोलले हराएको थियो ।

ए.एफ.सी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिताको उपाधि भिडन्त भने फागुन १४ हुनेछ । म्यानमारले अहिलेसम्म नेपालसँग हार बेहोरेको छैन । नेपालले म्यानमारसँग अहिलेसम्म ३ खेल खेलेको छ । जसमा म्यानमारले २ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्