ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारत विरुद्ध पाकिस्तानले टस जित्यो,नकआउट चरणमा पुग्न जित्नै पर्ने दबाब

आइतबार, फागुन ११, २०८१

काठमाडौँ : च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतविरुद्धको खेलमा पाकिस्तानले ब्याटिङ रोजेको छ ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको पाकिस्तानका कप्तान मोहम्मद रिजवानले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भारतीय कप्तान रोहित शर्माले एकदिवसीयमा लगातार १२ औं पटक टस हारेका हुन् । पाकिस्तानविरुद्धको खेलमा भारतको टोलीमा कुनै पनि परिवर्तन गरिएका छैनन् । पाकिस्तानले टोलीमा एक परिवर्तन गरेको छ ।

भारतीय प्रशंसकशरुको नजर रोहित–कोहली र मोहम्मद शमीमाथि छ भने पाकिस्तानी प्रशंसकहरुको आशा बाबर आजम, मोहम्मद रिजवान र शाहीन शाह अफ्रिदीमाथि रहेको छ ।

पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो । अघिल्लो चरणमा पुग्न पाकिस्तथानमाथि आजको खेल जित्नै पर्ने दबाब छ । पाकिस्तान आज हारेमा नकआउट चरणबाट लगभग बाहिरिनेछ । सन् २०१७ मा भएको पछिल्लो च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानी टोली दुई पटक आमने सामने भएका छन् ।

समूह चरणमा भारतले जितेको थियो भने अन्तिम खेलमा पाकिस्तानले भारतलाई १८० रनले पराजित गर्दै स्कोर बराबरी गरेको थियो । 

भारतको प्लेइङ–११
भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शमी र हर्षित राणा ।
पाकिस्तानकोे प्लेइङ–११
पाकिस्तानः मोहम्मद रिजवान (कप्तान र विकेटकिपर), इमाम उल हक, साउद शकील, बाबर आजम, सलमान आगा, तैयब ताहिर, खुशदिल शाह, नसीम शाह, शाहीन शाह अफ्रिदी, हरिस रौफ र अबरार अहमद ।
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्