SONAM WEAR SONAM WEAR
फोर नेसन्स कप

म्यानमारविरुद्धको खेलमा तीन खेलाडी परिवर्तन [प्रत्यक्ष हेर्नुहोस]

आइतबार, फागुन ११, २०८१

काठमाडौँ  : फोर नेसन्स कप अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा अहिले नेपाल र म्यानमारबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वर स्थित दशरथरंगाशालामा जारी खेलमा दुवै टोली गोल रहित बराबरीमा खेलिरहेको छ । लिगको शिर्ष दुईमा रहँदै दुबै टोली फाइनल पुगिसकेकाले आजको खेलमा दुबै टोली बिना दबाब मैदानमा उत्रिएका छन् ।

म्यानमारबिरुद्धको खेलमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले तीन खेलाडीलाई बिश्राम दिएका छन् ।

तामाङले अन्जिला, बिमला चौधरी र रेखा पौडेललाई विश्राम दिइएको छ। उनीहरुको स्थानमा अन्जना रानामगर, रश्मीकुमारी घिसिङ र सरु लिम्बुलाई मौका दिइएको छ । उनको स्थानमा आज गोलकिपर अन्जना रानामगरलाई उतारिएको छ ।

नेपाली टोलीको  कप्तानी रेनुका नगरकोटीले सम्हालेकी छन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्