ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारतसँग पकिस्तान छ विकेटले पराजित

आइतबार, फागुन ११, २०८१

काठमाडौं : च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तान भारतसङ्ग पराजित भएको छ ।

आइतवार राती भएको खेलमा पाकिस्तान भारतसङ्ग ६ विकेटले पराजित भएको हाे । पाकिस्तानले दिएकाे २४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर भेटायाे  ।

भारतकालागि विराट काेहलीले नटआउट १०० रन जाेडे । श्रेयस अय्यरले ५६ , शुभमन गिललेे ४६ तथा कप्तान राेहित शर्माले २० रन जाेडे ।
त्यसअघि दुवाई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले ४९.४ ओभरमा सवै विकेट गुमाउँदै २४१ रन बनायो ।

पाकिस्तानकालागि साउद शकीलले अर्धशतक प्रहार गर्दै ६२ रन बनाए । कप्तान मोहम्मद रिजवानले ४६ रन बनाउँदा यी दुबै जनाले  १०४ रनको साझेदारी गरे । खुस दिल शाहले ३८ रन बनाउँदा ओपनर बाबर आजमले २३ तथा इमाम–उल–हकले १० रन जोडे ।

भारतका लागि कुलदीप यादवले सर्वाधिक ३ विकेट लिए ।  हार्दिक पाण्ड्याले २ तथा रविन्द्र जडेजा र अक्षर पटेलले १–१ विकेट हात पारे ।

विराट कोहली सबैभन्दा धेरै एकदिवसीय क्याच लिने भारतीय खेलाडी बनेका छन् । उनले पूर्व कप्तान मोहम्मद अजहरुद्दीन लाई पछि पार्दै उक्त किर्तिमानी आफ्नो नाममा लेखाएका हुन् । उनले १५८ क्याचका लिएका हुन् ।

पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २२:५९
प्रतिक्रिया दिनुहोस्