सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : विभागीय टोली नेपाल एपिएफ क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतवार भएको उद्घाटन खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै एपिएफ क्वार्टरफाइनलमा पुगेको हो ।
एपिएफले अब सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ । फागुन १८ गतेसम्म हुने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।