सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :फोर नेशन्स कप अन्तराष्ट्रिय महिला फुटबलको फाइनल खेल बुधवार हुदैछ ।
त्रिपुरेश्वर स्थित दशरथरंगाशालमा बेलुकी छ बजे हुने फाइनलमा नेपाल र म्यान्मारबिच प्रतिस्पर्धा हुदैछ । समूह चरणकाे अन्तिम खेलमा नेपालले म्यानमारसङ्ग सशक्त खेल देखाएको थियाे । तर कमजाेर डिफेन्स र फिनिसिङमा नेपाल लगातार चुक्दा खेलमा साेचेअनुरुप परिणाम भने निस्कन सकेन ।
गत कार्तिकमा नेपालले साफ च्याम्यिनसीपमा फाइनल खेलेको थियो । उक्त समयमा नेपाल फाइनलमा बंगालादेशसंग पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो । नेपालका लागि घरेलु मैदानमा उपाधिको खडेरी तोड्ने सुनौलो अवसर समेत रहेको छ ।
फाइनल खेलकाे टिकटकाे मूल्य भने दाेब्बरले बढेकाे छ। अखिल नेपाल फुटवल संघ एन्फाका अनुसार नेपाल र म्यानरबीचको फाइनल खेलको टिकट मुल्य साधारणतर्फ एक हजार र भीआईपीतर्फ २ हजार रुपैयाँ तोकिएको छ ।
यसअघि साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ मूल्य तोकिएको थियो । एन्फाको आयोजनामा फागुन ५ देखि दशरथ रंगशालामा जारी प्रतियोगितामा घरेलु टोली नेपालसंगै म्यानमार, लेबनान र कीर्गिस्तान सहभागि छन् ।
नेपाल र म्यानमारले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो ।