ADD FOR WEBSIDE ADD FOR WEBSIDE

केपी ओली कपको सेमिफाइनल समिकरण पुरा

मंगलबार, फागुन १३, २०८१

काठमाडौँ : केपी ओली कप फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ ।

आज भएको अन्तिम क्वाटरफाइनलको खेलमा डिफेण्डिङ च्याम्यिन मछिन्द्र फुटबल क्लबले पाहुना टोली भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसीलाई १–० ले हराएसंगै केपी ओली कपको सेमिफाइनल समकिरण पूरा भएको हो । मछिन्द्रको जितमा खेलको ८० औँ मिनेटमा स्टेफन जमाह जालीले गरेको गोल नै निर्णायक बन्यो ।

यसअघि आजै भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै संकटो सेमिफाइनलमा पुगिसकेको छ ।  निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएइको थियो । संकटाका लागि राम थापा, सुनील खड्का, सन्तोष खत्री, साम कार्लोस र दीप कार्कीले गोल गरे । एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, मणिकुमार लामाले गोल गरे । सुजन पुलामीको प्रहार भने संकटाका गोलकिपर दीप कार्कीले रोकेका थिए ।

फागुन १६ गते साँझ ५ बजे हुने पहिलो सेमिफाइनलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फागुन १७ गते हुने दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसी र डिफेण्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलका सबै खेलहरु त्रिपुरेश्वर स्थित दशरथ रंगाशालामा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लानिङ ब्वाइजको पाँचौ जित
मंगलबार, फागुन १३, २०८१