सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी एक दिवशीय ब्याटिङ वरियतामा नेपालका खेलाडीहरुको वरियता निरन्तर खस्किन थालेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले हालै सार्वजनिक गरेको नयाँ वरियतामा आशिफ शेखको वरियता ३ स्थान तल खस्किएको हो । उनी अहिले ८७ औँ स्थानमा आइपुगेका छन् ।
यस्तै कुशल भुर्तेल ८९ र कप्तान रोहित पौडेल ९२ को वरियता दुई स्थान खस्किएको हो । वरियताको शिर्ष देखि चार स्थान सम्म कुनै पनि परिवर्तन भएको छैन । विराट कोहलीले एक स्थान सुधार गर्दै पाँचौ स्थानमा पुगेका छन् ।
शिर्ष स्थानमा भारतीय खेलाडी शुभमन गिल रहेका छन् ।