ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रधानमन्त्री र केपी ओली कप च्याम्पियनसिपका खेलाडीबीच भेट

बुधबार, फागुन १४, २०८१

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच भेटघाट भएको छ । 
भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लवका तर्फबाट  एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुुई लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।  भेटका अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए । 

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ ।

प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लानिङ ब्वाइजको पाँचौ जित
बुधबार, फागुन १४, २०८१