ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले क्यानडा र अमेरिकासँग वार्मअप खेल्ने

शुक्रबार, जेठ ४, २०८१

काठमाडौँ :टी–२० विश्वकप अघि टेस्ट राष्ट्रसँग अभ्यास खेल खेल्ने नेपालको सपना अधुरो बनेको छ । बिश्वकप आउन केहि समय मात्रै बााकी रहँदा अन्य टोलीहरुले बलियाटोलीसंग अध्यास गरिरहँदा नेपाल भने सामान्य टोलीसंग मात्रै अभ्यास खेल्नु परेको हो ।

आइसीसीले बिहिवार जारी गरेको तालिका अनुसार नेपालले विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्नेछ । तालिका अनुसार नेपालले आगामी मे २७ मा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ ।

डालासमै हुने खेलमा मे ३० मा अमेरिकासंग पनि खेल्नेछ । टी–२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग खेल्ने तालिका छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्