ADD FOR WEBSIDE ADD FOR WEBSIDE
फोर नेशन्स कप

पहिलो हाफमा नेपाल र म्यान्मार बराबरीमा

बुधबार, फागुन १४, २०८१

काठमाडौँ :फोर नेशन्स कप अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिकालागि अहिले नेपाल र म्यानमारबीच प्रतिस्पर्धा भइरहेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । म्यानमार विरुद्धको खेलमा दुइ नेपाली खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अन्जना रानामगर र रश्मी कुमारी घिसिङलाई बेञ्चमा राखेका छन् । कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टोलमिा फर्किएका छन् । फाइनल खेलको टिकटको मूल्य दोब्बरले बढेपनि खेलको सवै टिकट बिक्री भइसकेको एन्फाले जनाएको छ । फाइनल खेलको टिकट सोल्ड आउट भइसकेकाले एन्फाले दर्शकहरुलाई घरमै बसेर खेल हेर्न आग्रह गरेको छ ।

फिफा वरियतामा ५५औ स्थानमा रहेको बलियो टिम म्यान्मारलाई लिग चरणमा रोकेको नेपाली टोलीलाई घरेलु मैदानमा उपाधि जित्ने सुनौलो अवसर छ । गत कार्तिकमा नेपालले साफ च्याम्यिनसीपमा फाइनल खेलेको थियो । उक्त समयमा नेपाल फाइनलमा बंगालादेशसंग पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमाविरुद्ध सशक्त खेल प्रदर्शन गरेपनि र कमजोर डिफेन्स र फिनिसिङमा लगातार चुक्दा सोचेअनुरुप परिणाम भने निस्कन सकेको थिएन । 
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लानिङ ब्वाइजको पाँचौ जित
बुधबार, फागुन १४, २०८१