ADD FOR WEBSIDE ADD FOR WEBSIDE

फोर नेशन्स महिला फुटबलको उपाधि म्यानमारलाई

नेपाल २–० ले पराजित
बुधबार, फागुन १४, २०८१

काठमाडौं :फोर नेशन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगाशालामा आज साँझ भएको फाइनलमा घरेलु टोली नेपाललाई २–० गोलले स्तब्ध पार्दै म्यानमारले उपाधि उचालेको हो ।

झण्डै चार दशक लामो महिला अन्तराष्ट्रिय फुटबल यात्रामा अहिले सम्म नेपालले उपाधि जित्न सकेको छैन । अहिले सम्म नेपालले १३ वटा फाइनल खेल्दा सबै फाइनलमा हार ब्यहोरेको छ ।

साफ च्याम्पियनसिप, साग र अन्य ३ प्रतियोगितामा नेपाल फाइनलमा पराजित भएको तितो इतिहास छ । पहिलो हाफमा दुबै टोलीले बराबरी खेलेपनि दोस्रो हाफ सुरु भएको केहि समयमै म्यानमारले नेपाल विरुद्ध लगातार दुई गोल गरेको थियो ।

म्यानमारकालागि खेलको ६२ औँ मिनेटमा यु पर खिनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि खेलको ६४ औँ मिनेटमा कप्तान विन थेइङ्गी तुनले अर्को गोल थप्दै म्यानमारको अग्रता दोब्बर बनाइन् ।

बक्सको दायाँ भागबाट हानेको प्रहार नेपाली किपर एन्जिलाले रोकेकी थिइन् । तर पूर्ण रुपमा क्लियर नभएको बल पुनः विनले पाइन् । उनले छातीले हानेको बल गोलमा परिणत भयो । गीता रानाले बल रोक्ने प्रयास गरेपनि सफल हुन सकेकी थिइनन् ।

सन् २०१९ को फेब्रुअरीमा भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपमा नेपाल र म्याममारले फाइनल खेलेका थिए ।

उक्त खेलमा पनि नेपाल पराजित भएको थियो । नेपालले अहिले सम्मका म्यानमारसँगको ५ भेटमा हराउन सकेको छैन ।

गत कार्तिकमा घरेलु मैदानमा भएको साफ च्याम्यिनसीपमा नेपाल फाइनलमा बंगालादेशसंग पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो । यहि खेलपछि प्रशिक्षक राजेन्द्र तामाङले राजिनामा दिएका थिए । केहि समय मुख्य प्रशिक्षक बिहिन बनेको महिला टोलीमा फेरी उनले नै परनरागमन गरेका हुन् । तर उनकै प्रशिक्षकमा नेपाल फेरि उपविजेतामा सिमित बनेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमाविरुद्ध सशक्त खेल प्रदर्शन गरेपनि र कमजोर डिफेन्स र फिनिसिङमा लगातार चुक्दा सोचेअनुरुप परिणाम भने निस्कन सकेको थिएन ।
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लानिङ ब्वाइजको पाँचौ जित
बुधबार, फागुन १४, २०८१