सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नवलपुर :अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिताको उपाधी आयोजक जुगल गाउँपालिकाले हात पारेको छ ।
जुगल गाउँपालिकाको आयोजनामा बिहिवार भएको प्रतियोगिताको फाइनलमा मेलम्ची नगरपालिकालाई २–० को सोझो सेटमा पराजित गर्दै जुगलले उपाधि चुमेको हो । जुगलले ५० हजार नगद सहितको उपाधि घरमै राख्न सफल भएको छ भने उपबिजेता मेलम्चीले ३० हजारमा रुपैयाँमा चित्त बुझाएको छ । जिल्ला भित्रका ९ स्थानीय तहका १० टोली सहभागी प्रतियोगितामा पाँचपोखरी थाङ्पाल गाउँपालिका भने तेस्रो भएको छ ।
जुगल गाउँपालकाकै दि टिमलाई २–१ को सेटमा पराजित गर्दै पाँचपोखरी भने तेस्रो भएको गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिए । उसले पनि २० हजार नगद सहित सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ ।
गाउँपालिकाको वडा नम्बर १ मा रहेको सेलाङ माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगिताको बिजेता टोलीलाई गाउँपालिका अध्यक्ष रेसम स्याङ्बाले पुरस्कार बितरण गरेका थिए ।