सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटमा अफगानिस्तानले अष्ट्रेलियासामु २७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पाकिस्तानको लाहोरमा टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ओभरमा सवै विकेट गुमाउँदै २७३ रन बनायो । उसकालागि सेदिकुल्लाह अटलले सर्वाधिक ८५ रनको योगदान गरे ।
अज्मतुल्लाह ओमारजाई ६७ रन बनाउँदा इब्राहिम जद्रानले २२, हशमतुल्लाह शाहिदीले २० तथा राशिद खानले १९ रन बनाए । समुह ’बी’ बाट सेमिफाइनलमा स्थान बनाउन दुबै टोलीमाथि जित्नै पर्ने दबाब छ ।
आजको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । समुह बी को अन्तिम खेलमा भोली इङग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्नेछन् । भोलीको खेलमा पराजित भएपनि दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने समिकरण छ ।
दक्षिण-अफ्रिका तीन अंक सहित समुह ’बी’को शिर्ष स्थानमा रहदाँ अंक बिहिन इङ्ग्ल्याण्ड पुछारमा छ ।
समुह ’ए’बाट भारत र न्यूजल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।