सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :बिभिागिय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियन्सीपको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार साँझ भएको पहिलो सेमिफाइनलमा संकटा एफसीलाई २–१ गोलले हराउँदै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेञ्जनले गोल गरे ।
खेलको ८ औँ मिनेटमा नवयुग श्रेष्ठको गोलबाट आर्मीले अग्रता बनाएको थियो । खेलको ६३ औँ मिनेटमा संकटाका अभिषेक लामाले आर्कीका जिलेस्पीजंग कार्कीलाई डिबक्स भित्र लडाएपछि आर्मीले पेनाल्टीको मौका पायो ।
फाउल खेलेको अभिषेकले पहेँलो कार्ड समेत खाए । पाएको पेनाल्टीमा दिनेश हेञ्जनले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । खेलको इञ्जुरी समयमा संकटाका विषण गुरुङले एक गोल फर्काए ।
आर्मीले अब उपाधिकालागि केपी एफसी र मछिन्द्र एफसीबीचको बिजेतासंग खेल्नेछ । दोस्रो सेमिफाइनल शनिवार ५ बजे दशरथरंगाशालामा हुनेछ ।
फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।