ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अष्ट्रेलिया च्याम्पियन्स ट्रफिको सेमिफाइनलमा 

शनिबार, फागुन १७, २०८१

काठमाडौँ : आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेट अन्तर्गत अष्ट्रेलिया र अफगानिस्तानबीचको खेल रद्ध भएको छ ।

शुक्रवार राती पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा वर्षाका कारण अष्ट्रेलिया र अफगानिस्तानको खेल रद्द भएको घोषणा गरिएको हो । खेल रद्ध हुँदा दुवै टोलीले १–१ अंक बाँडेका थिए । खेल रद्ध भएसंगै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको छ । खेल रद्द हुदाँ दक्षिण अफ्रिकालाई पनि फाइदा भएको छ । यस समिकरणले सेमिफाइनलमा उसको स्थान पक्का भएको छ ।  यस खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै २७३ रन बनाएको थियो ।  जसको जवाफमा अष्ट्रेलियन टोलीले पूरा १३ ओभर पनि खेल्न पाएन ।

२७४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको अष्ट्रेलियाले १२.५ ओभरमा एक विकेट गुमाएर १०९ रन बनाएको बेला वर्षा भएको थियो । ट्राभिस हेडले ५९ रन बनाए भने कप्तान स्टिभ स्मिथले १९ रन जोडे ।

केहि समय वर्षा भएर रोकिएको खेलमा दोस्रो पटकको वर्षाले ठूलो असर बनायो । डेढ घण्टा बितिसक्दा पनि मैदानका कर्मचारीहरूले खेल पुनः सुरु गर्न मैदान तयार पार्न नसकेपछि खेल रद्ध भएको हो ।

dत्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ओभरमा सवै विकेट गुमाउँदै २७३ रन बनाएको थियो । उसकालागि सेदिकुल्लाह अटलले सर्वाधिक ८५ रनको योगदान गरे ।
अज्मतुल्लाह ओमारजाई ६७ रन बनाउँदा इब्राहिम जद्रानले २२, हशमतुल्लाह शाहिदीले २० तथा राशिद खानले १९ रन बनाए । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्