ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रिति राई एक लाख नगद सहित सम्मानित

शनिबार, फागुन १७, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य प्रिति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छन् ।

योङ स्टार फाउन्डेसनको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रिति सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी हुन् । प्रितिलाई फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरेका थिए ।

481468358_1042980454528459_1890175557245968753_n-1740831610.jpg

एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा प्रितिलाई यो सम्मान प्रदान गरिएको आयोजकले बताएको छ ।

घरेलु मैदानमा कात्तिकमा भएको साफ च्याम्पियनसिप र भर्खरै सम्पन्न फोर नेशन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा प्रितिले उच्च स्तरको प्रदर्शन गरेकी थिइन् ।
 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लानिङ ब्वाइजको पाँचौ जित
शनिबार, फागुन १७, २०८१