ADD FOR WEBSIDE ADD FOR WEBSIDE
मेयर्स कप टी–२० :

ललितपुर मेयर्स कपको फाईनल आज 

शनिबार, जेठ ५, २०८१

काठमाडौँ: ललितपुर मेयर्स कप टी–२० महिला क्रिकेटको उपाधिको छिनोफानो  शनिबार हुँदैछ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा विहान १०  बजे हुने खेलमा उपाधिका लागि सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफबीच प्रतिस्पर्धा हुन लागेको हो ।  

शुक्रबार भएको खेलमा बागमती प्रदेशलाई १०९ रनले हराउँदै सुदुरपश्चिमले उपाधीका लागि एपिएफसंग भेट पक्का गरेको हो अहिलेसम्म अपराजित रहँदै एपिइफले एक खेल अगावै फाईनल पुगेको थियो ।

चौथो संस्करणमा ललितपुर मेयर ११ ,सशस्त्र प्रहरीको एपिएफ, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश ,मधेश प्रदेश र  कोशी प्रदेश गरी ६ टोलीको सहभागिता छ । उपाधि जित्ने टोलीले पाउने ट्रफीको शुक्रवार परिक्रमा समेत गराईएको थियो । 

ट्रफीसंग फोटो खिचाउँदै ललितपुर महानगरका मेयर चिरिबावु महर्जन : ,खेलाडी र स्थानीय :

chiribabu-mayars-cup-sportshub-1715964017.jpg

kheladi-with-trophhy-sportshub-1715964018.jpg

sthaniya-sanga-trophhy-sportshub-1715964020.jpg

 

 


 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्