ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्ड १७९ रनमा अलआउट

शनिबार, फागुन १७, २०८१

काठमाडौँ :आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत दक्षिण अफ्रिका विरुद्धको खेलमा इंग्ल्यान्ड १७९ रनमा अलआउट भएको छ ।

पाकिस्तानको कराचीस्थित राष्ट्रिय रङ्गशालामा टस जितेर पहिले ब्याटिङ थालेको इंग्ल्यान्ड ३८.२ ओभरमा अलआउट हुँदै १७९ रनमा समेटियो । उसकालागि जो रुटले सर्वाधिक ३७ रनको योगदान गरे । जोफ्रा आर्चरले २५, बेन डकेटले २४,कप्तान जश बटलरले २१ तथा ह्यारी ब्रुकले १९ रन बनाए ।

बलिङतर्फ मार्को जनशन र भियान मुल्डरले सर्वाधिक ३ विकेट लिए । १८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिका आजको खेलमा जित निकाल्दै समुह 'बी'को बिजेताको रुपमा सेमिफाइनल पुग्ने योजनामा छ । जारी प्रतियोगितामा भारत,न्यूजल्याण्ड र अष्टेलिया सेमिफाइनल पुगिसकेका छन् ।

समुह चरणको अन्तिम खेलमा भोली भारतले न्यूजल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्