सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आयोजक केपी एफसीलाई हराउँदै मछिन्द्र फुटबल क्बल केपी ओली कप फुटबलको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार साँझ भएको सेमिफाइनलमा केपी एफसी विरुद्ध ४–० गोलको फराकिलो जित निकाल्दै मछिन्द्रले फाइनलमा आर्मीसंग भेट पक्का गरेको हो ।
मछिन्द्रको जितमा स्टेफन जमाह जालीले दुई गोल गरे । मनिष डाँगी र रोशन रानाले १–१ गोल गरे । ३८ औँ मिनेटमा डाँगी र रानाले ४९ औँ मिनेटमा गोल गरे । खेलको ८० औँ मिनेटमा पाएको पेनाल्टीमा मछिन्द्रका जालीले गोल गर्दै अग्रता तेब्बर पारे । खेलको ८९ औँ मिनेटमा जालीले ब्यक्तिगत दोस्रो गोल गरे ।
यसअघि शुक्रवार भएको पहिलो सेमिफानलमा संकटालाई २–१ गोलले हराउँदै आर्मी फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।