ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफिको सेमिफाइनलमा

आइतबार, फागुन १८, २०८१

काठमाडौँ : इंग्ल्यान्डलाई हराउँदै  दक्षिण अफ्रिका आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार राती भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ७ विकेटको जित निकालेको हो । जितकालागि इंग्ल्यान्डले दिएको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकाको जितमा रस्सी भ्यान डेर डुसेनले नटआउट ७२ तथा  हेनरिक क्लासेनले ६४ रन जोडे ।

त्यसअघि पाकिस्तानको कराचीस्थित राष्ट्रिय रङ्गशालामा टस जितेर पहिले ब्याटिङ थालेको इंग्ल्यान्ड ३८.२ ओभरमा अलआउट हुँदै १७९ रनमा समेटियो । उसकालागि जो रुटले सर्वाधिक ३७ रनको योगदान गरे । जोफ्रा आर्चरले २५, बेन डकेटले २४,कप्तान जश बटलरले २१ तथा ह्यारी ब्रुकले १९ रन बनाए ।

यससंगै आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । समुह ’ए’ बाट भारत र न्यूजल्याण्ड सेमिफाइनलमा पुग्दा समुह ’बी’ बाट अष्ट्रेलियाले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्