ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले पहिलो खेल नामिवियासंग खेल्ने

आइतबार, फागुन १८, २०८१

काठमाडौँ : महिला टी–२० आई शृंखलामा नेपालले पहिलो खेल नामिवियासँग खेल्ने भएको छ ।

यहि फागुन २४ गते युगाण्डामा सुरु हुने श्रृंखलामा नेपालले नामिवियासँग खेल्ने भएको हो । सोही दिन हुने उद्धघाटन खेलमा युगाण्डाले हङकङसंग खेल्ने तालिका छ ।

प्रतियोगितामा नेपालसहित  युगाण्डा,हङकङ र नामिविया गरी चार टोलीले सहभागिता जनाउने पक्का भएको छ ।  चैत्र ३ गतेसम्म चल्ने श्रृखंलामा सबै टोलीले एकअर्कासँग २–२ खेल खेल्ने छन् ।

समुहको शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल खेल्नेछ । महिला टी–२० आइकालागि पहिलो चरणको क्याम्पमा १८ जना खेलाडीहरूलाई प्रशिक्षणमा बोलाईएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्