सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार अष्ट्रेलियाली प्रशिक्षक रसलाई औपचारिक रुपमा नेपाली पुरुष फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । एन्फा महासचिव किरण राई र मुख्य प्रशिक्षक रसले एन्फा मुख्यालयमा आज (आइतवार) सम्झौतामा हस्ताक्षर गरेका छन् ।
मुख्य प्रशिक्षकमा म्याटले एक वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।