ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारतले दियो न्यूजील्याण्डलाई २५० रनको लक्ष्य 

आइतबार, फागुन १८, २०८१

काठमाडौँ :आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले न्यूजील्याण्डसामु २५० रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर  पहिले ब्याटिङ थालेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २४९ रन बनाएको थियो । उसकालागि श्रेयस अय्यरले सर्वाधिक ७९ रनको योगदान गरे ।

हार्दिक पाण्ड्याले ४५ तथा अक्षर पटेलले ४२ रन बनाए ।के एल राहुलले २३,रविन्द्र जडेजाले १६, कप्तान रोहित शर्माले १५ तथा विराट कोहलीले ११ रन बनाए ।

विराट कोहलीले आज ३ सय एकदिवसीय खेल खेलेका छन् ।  दुवै टोलीले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

आज जित्ने टोलीले समूह विजेता बन्दै फाइनल प्रवेशका लागि अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । पराजित टोलीले भने दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्