ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल :

को बन्ला आईपिएलको प्लेअफमा पुग्ने भाग्यमानी टोली 

विराट कोहलीको आरसीवी गर या मरको अवस्थामा 
शनिबार, जेठ ५, २०८१

काठमाण्डौँ : ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा प्लेअफ पुग्ने अन्तिम टोलीको शनिवार टुङ्गो लाग्ने भएको छ । एम चिन्नास्वामी स्टेडियममा शनिवार साँस ७ः४५ बजे हुने रोयलच्यालेन्जर्स बैङलुरु र चेन्नेई सुपर किङ्ग्सबीच हुने खेलबाट प्लअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ । अहिले सम्म १३ खेलबाट चेन्नेई १४ अंक सहित चौथो स्थानमा छ ।समान खेलबाट १२ अंक जोडेको बैङलुरु साँतौ स्थानमा छ ।

प्लेअफमा पुग्न बैङलुरुलाई गर या मरको स्थिति छ । कुनैपनि हालतमा बैङलुरुलाई जित्नै पर्ने दबाब छ । बैङलुरुलाई जितले मात्रै पनि प्लेअफमा पुग्न निकै कठिन छ । यस्तो अवस्थामा उसले चेन्नेईमाथि ठूलो अन्तरको जित निकाल्नुपर्नेछ ।

महत्वपूर्ण खेलअघि रोयल च्यालेन्जर्स बैङलुरुलाई ठूलो झट्का लागेको छ । विश्वकपकालागि इंग्ल्याण्डका खेलाडीहरू आईपीएल छोडेर जाँदा बैङलुरुका महत्वपूर्ण खेलाडी विल ज्याक चेन्नईविरुद्धको खेलमा हुनेछैनन् । विल ज्याकको स्थानमा ग्लेन म्याक्सवेलको पुनरागमन हुनसक्ने बताइएको छ ।

वर्षाले खेल रद्द भएमा फाइदा कसलाई ?

चेन्नेई र बैङलुरु बीचको खेलमा वर्षाको सम्भावना छ ।  यदि यो खेल वर्षाका कारण रद्द भएमा  यसको फाइदा चेन्नईलाई पुग्नेछ । खेल रद्द भएमा दुवै टोलीले १–१ अंक पाउनेछन् । अंक बाँड्दा चेन्नई १५ अंक सहित प्लेअफमा पुग्ने छ भने  १३ अंक मात्रै हुने भएको बैङलुरु प्रतियोगिताबाट बाहिरिनु पर्नेछ ।

कस्तो छ मैदानको अवस्था ?

निरन्तर लामो  समयसम्म बर्षा भएमा खेलको रमाईलो बिग्रन सक्छ । तर कम बर्षा भएमा  वर्षाले खासै असर पर्ने छैन । एम चिन्नास्वामी स्टेडियममा ड्रेनेज सिस्टम निकै मजबुत छ । एक अमेरिकी कम्पनीले एम.चिन्नास्वामी स्टेडियममा सबसर्फेस एरेसन सिस्टम जडान गरेको छ । जसका कारण १० हजार लिटर पानी १ मिनेटमा सुकाउन सक्छ । विगतमा यस रंगशालामा ड्रेनेज प्रणालीका कारण धेरै समस्याहरू आएका थिए ।  सन् २०१७ पछि ब्यबस्थित हुँदै आएको छ । यस प्रणालीले खेलमा पानी परेमा मैदानलाई छोटो समयमा खेल्न योग्य बनाउन सकिनेछ ।

३ लाख सम्म तिरे टिकटको मुल्य :
चेन्नेई र बैङलुरुको खेललाई लिएर भारतभर रौनक तातीएको छ । हरेक क्रिकेट प्रेमी यो खेल हेर्न मैदान जान इच्छुक छन् । त्यसैले टिकट को लागी पनि निकै प्रतिस्पर्धा छ । टिकट किन्ने क्रममा एक जनाले हजारौं होइन लाखौं रुपैयाँ ठगी गरेका छन् । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार टिकट किन्न खोज्दा एक फ्यान ठगीमा परेका छन् । दलाल मार्फत टिकट किन्न खोज्दा उनको ३ लाख रुपैयाँ स्वाहा भएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्