ADD FOR WEBSIDE ADD FOR WEBSIDE
अन्तराष्ट्रिय महिला टी–२०

इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा

आइतबार, फागुन १८, २०८१

काठमाडौँ : युगाण्डामा हुने अन्तराष्ट्रिय महिला टी–२० क्रिकेटकालागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेटसंघ क्यानले आज इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा कप्तान वर्मासंगै बिन्दु रावल,रिया श्रेष्ठ,सम्झना खड्का,ममता चौधरी र पूजा महतो रहेकी छन् । राजमति ऐरी,कबिता जोशी,रुबिना क्षेत्री,अलिशा कुमारी यादव,रोमा थापा,रचना चौधरी,सना प्रविन र इश्वरी विष्ट रहेकी छन् ।

नेपालले आफ्नो पहिलो खेलमा यहि फागुन २४ गते नामिवियासँग खेल्ने तालिका छ । सोही दिन हुने उद्धघाटन खेलमा युगाण्डाले हङकङसंग खेल्ने तालिका छ ।

प्रतियोगितामा नेपालसहित  युगाण्डा,हङकङ र नामिविया गरी चार टोलीले सहभागिता जनाउने पक्का भएको छ ।  चैत्र ३ गतेसम्म चल्ने श्रृखंलामा सबै टोलीले एकअर्कासँग २–२ खेल खेल्ने छन् ।
 

481252063_1078455807644132_8603140495956414798_n-1740923455.jpg


 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीको लगातार चौथो जित 
आइतबार, फागुन १८, २०८१

नेपालले  हङकङसंग खेल्दै
आइतबार, फागुन १८, २०८१