ADD FOR WEBSIDE ADD FOR WEBSIDE

केपी ओली कप :उपाधिकालागि आर्मी र मछिन्द्र भिड्दै

सोमबार, फागुन १९, २०८१

काठमाडौँ :केपी ओली कप च्याम्पियनसीप फुटबलको फाइनल खेल आज हुदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् । मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

फाइनल खेलमा विशेष अतिथिको रुपमा इटालियन फुटबलका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन आइतबार नै काठमाडौँ आइपुगेका छन् । आजको फाइनलमा बुफोनको विशेष उपस्थिति हुने भएको छ ।

फाइनल खेलअघि दशरथ रंगशालामा कुमा सागर लगायतका कलाकारहरुले सांगितिक प्रस्तुति समेत दिने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लानिङ ब्वाइजको पाँचौ जित
सोमबार, फागुन १९, २०८१