सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले न्यूजील्याण्डलाई पराजित गर्दै समुह विजेता बनेको छ ।
आइतवार राती सकिएको समुह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समुह 'ए'को विजेता बनेको हो । जितकालागि भारतले दिएको २५० रनक लक्ष्य पछाएको न्यूजील्याण्डले ४५.३ ओभरमा अल आउट हुदै २०५ रनमा समेटियो । न्यूजील्याण्डका लागि केन विलियम्सनले सर्बाधिक ८१ रन बनाए । कप्तान मिचेल सान्टनरले २८ रन जोडे । बलिङतर्फ भारतीय बलर वरुण चक्रवर्तीले सर्बाधिक ५ विकेट लिए । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २४९ रन बनाएको थियो । उसकालागि श्रेयस अय्यरले सर्वाधिक ७९ रनको योगदान गरे । हार्दिक पाण्ड्याले ४५ तथा अक्षर पटेलले ४२ रन बनाए । के.एल राहुलले २३,रविन्द्र जडेजाले १६, कप्तान रोहित शर्माले १५ तथा विराट कोहलीले ११ रन बनाए ।
विजेता भारतले अब सेमिफाइनलमा मंगलवार अस्ट्रेलियाको सामना गर्ने भएको छ । बुधवार हुने दोस्रो सेमिफाइनलमा न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।