ADD FOR WEBSIDE ADD FOR WEBSIDE

फाइनल पुग्न भारत र अष्ट्रेलिया भिड्दै

मंगलबार, फागुन २०, २०८१

काठमाडौँ : आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल मंगलवार हुँदैछ ।

युएईको दुवाई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने सेमिफाइनलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार दिउँसो २:४५ बजे हुने खेलको विजेता फाइनलमा पुग्नेछ । भारत समुह ’ए’मा अपराजित रहँदै सेमिफाइनल पुगेको हो ।

आइतवार राती सकिएको समुह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समुह ’ए’को विजेता बनेको हो ।

बुधवार हुने दोस्रो सेमिफाइनलमा न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्